नेकपा प्रचण्ड-नेपाल समूहद्वारा मंगलबारदेखि २८ गतेसम्म विरोध कार्यक्रम थप
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो समूहले भोलिदेखि २८ गतेसम्म विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रमअनुसार प्रचण्ड(नेपाल समूहले भोलि सिट्ठी जुलुस निकाल्ने, पर्सिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने लगायत छन्, उज्यालो अनलाइनमा खबर छ।
काठमाण्डौ उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड(नेपाल समूहले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट प्रचण्ड(नेपाल पक्ष अलग्गिएको छ । तर, निर्वाचन आयोगले भने पुस ५ गते यता भएका छुट्टाछुट्टै समूहका बैठक र निर्णयलाई मान्यता नदिने बताएको छ ।







