कोरोना अपडेटः गएको २४ घण्टामा थप सात जनाको मृत्यु

छहारी संवाददाता
माघ ११, २०७७

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ७० जनाको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा चार सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ प्रतिशतभन्दा धेरै हो । अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*