महिला राष्ट्रिय लिगः आर्मीद्धारा स्याङ्जाको वालिङ ७–० ले पराजित

छहारी संवाददाता
माघ ११, २०७७

महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई सात–शून्यले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । खेलको १४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी विमलाले ६६ औँ र ७५ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

त्यस्तै दीपा राईले २८ औँ मिनेटमा, शर्मिला थापाले ४४ औँ मिनेटमा, हेमा चौधरीले ८८ औँ मिनेटमा र भुजुङ्गा राईले इन्जुरी समयको दोस्रो मिनेटमा एकरएक गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*