कोरोना विरुद्धको खोप अभियान १४ गते बुधबारदेखि सुरु हुने

छहारी संवाददाता
माघ ११, २०७७

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयो, अनलाइन खबरले लेखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुनेछ । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभयो ।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*