प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकद्धारा कर्णाली पराजित

छहारी संवाददाता
माघ ९, २०७७

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकले कर्णाली प्रदेशलाई हराएको छ । प्रदेश एकले कर्णालीलाई ५९ रनले हराएर सान्त्वना जित निकालेको हो ।

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५६ रनमा समेटियो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए । निश्चल रावलले ३१ तथा कप्तान रविन्द्र शाहीले १८ रनको योगदान गरे ।

प्रदेश एकका मिनास थापाले पाँच विकेट लिए । त्यस्तै दीपेश कँडेलले तीन र मनोज तामाङले दुई विकेट लिए । प्रदेश एकका लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारि खेले, लोहनीले ६६ रन बनाए ।

कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अर्जुन चुनाराले समान दुईरदुई विकेट लिए । हारपछि समूह ‘ए’ मा रहेको कर्णाली दुई अङ्कसहित तेस्रो स्थानमा छ । उज्यालो अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*