राष्ट्रिय महिला लिग फुटबलः नेपाल पुलिस र चौदण्डीगढी भिड्दै
राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै छ ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजे यी दुई समूहबीचको खेल हुने भएको हो । आज नेपाल पुलिस क्लब र चौदण्डीबीचको खेलमात्रै हुनेछ । उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्त्वपूर्ण रहेको छ भने चौदण्डी पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
चौदण्डीको यो पहिलो खेल हो । जारी लिगमा एपीएफले हिजो चन्द्रपुरलाई ६(० गोलले हराएको थियो । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।





