भेट्रान्स कप एट ए साइड फुटबलको आजका खेलमा बौद्ध, चावहिल, भनिमण्डल र सानो गौचरण विजयी

छहारी संवाददाता
६ माघ २०७७, मंगलवार २०:०२

हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौ विजयी भएको छ । बौद्धले एविसी भेट्रान्स पोखरालाई १/० गोल अन्तरले पराजित गरेको हो ।

बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भए ।

यस्तै आजै भएको दोस्रो खेलमा चावहिल भेट्रान्स काठमाडौले अभिषेक चर्च नवलपरासी लाई १/० गोल अन्तरले पराजित गरेको छ । खेलको १० औ मिनेटमा अजब श्रेष्ठले गरेको गोल नै चाहविल भेट्रान्स काठमाडौका लागी निर्णायक बनेको थियो भने चावहिलकै राजेश शाही म्यान अफ द म्याच भए ।

त्यस्तै आजैको तेस्रो खेलमा एक्स भेट्रान्स पोखरालाई २/० गोल अन्तरले पराजित गर्दै भनिमण्डल काठमाडौ विजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका थिए ।

त्यस्तै चौथो तथा अन्तिम खेल सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच भएको थियो । जसमा सानो गौचरण काठमान्डौले मोरङ भेट्रान्सलाई २/० गोल अन्तरले पराजित गरेको छ । सानो गौचरणका लागी ३८ औं मिनेटमा नितिन गुरङ र ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गर्दै खेलको म्यान अफ द म्याच घोषित भए ।

भोली ७ गते बगरभाई खलक पोखरा र हाम्रो वीरगञ्ज भेट्रान्सबीच पहिलो खेल हुने र दोस्रो खेल हेटौंडा भेट्रान्स सुपर र सिमरा भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । भोली नै क्वाटर फाइनलका खेलहरु सञ्चालन गरिने कार्यक्रम संयोजक कविन साँगामीले बताए ।

नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*