अख्तियारको हेटौंडा कार्यालयद्वारा प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेस

छहारी संवाददाता
माघ ६, २०७७

अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडा द्वारा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

बितेको आर्थिक वर्षमा अख्तियारको हेटौंडा कायार्यालय द्वारा भएका कामको विबरण प्रदेश प्रमुख प्रसाइ समक्ष पेस गरिएको हो । आर्थिक वर्ष २०७६। ०७७ को बार्षिक प्रतिबेदन अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा स्थित कार्यालयका प्रमुख बाबुराम खतिवडाले बार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गर्नुभयो ।

प्रतिवेदन बुझेपछी अख्तियारले सुसासनका लागि धेरै काम गरेको प्रदेश प्रमुख प्रसाईले बताउनुभयो । अहिलेको समयमा अख्तियारले साना मात्र होइन ठुला माछा समेत जालमा पार्न सफल भएको वताउनुभयो ।

अख्तियारका सातवटै प्रदेशबाट राम्रो काम भएको बताउनुभयो । धेरै मेहनतका साथ प्रतिबेदन बनाइएको र अख्तियारले आफ्नो दक्षता देखाएर काम गर्न अख्तियारलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*