वायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापना सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर

छहारी संवाददाता
माघ ५, २०७७

बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि तथा वन विज्ञान विश्व बिद्यालय रामपुर चितवनका बिचमा आज वायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापना सम्वन्धमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

मन्त्रालयका सचिब मतिना बैद्य जोशी र बिश्व बिद्यालयका रजिष्टार प्राध्यापक डाक्टर शारदा थपलियाका विचमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र बिश्व विद्यालयका उपकुलपती प्राध्यापक डाक्टर पुन्य प्रसाद रेग्मीको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

कार्यक्रममा मन्त्री लामाले दुइवर्ष भित्रमा काम सक्नेगरी समझदारी गरिएको वताउनुभयो । मन्त्रालयबाट डिपीआरको काम सकेर ल्याबको काम सुरु गर्ने वताउनुभयो । काम सुरु भएपछी सबैले छिटो र गुणस्तरिय काम गर्नका लागि निगरानी गर्नका लागि मन्त्री लामाले आग्रह गर्नुभयो । विश्व विद्यालयसंगको समझदारीमा अरु पनि कामअ गर्न सकिने वताउनुभयो ।

उपकुलपती रेग्मीले शिक्षामा गरेको लगानी कहिले पनि खेर नजाने वताउनुभयो । शिक्षा क्षेत्रमा सकेसम्म धेरै लगानी गर्न सरकारसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब मतिना बैद्य जोशीले अहिले यो ल्याबमा गरेको प्रदेशको लगानी कोसेढुङ्गा सावित हुने वताउनुभयो । ल्याब निर्माणको काम प्रदेश सरकारले गरेपनि मर्मत र सञ्चालन गर्नुपर्ने काम पन िमहत्वपुर्ण भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*