सामुदायिक सेवा केन्द्र मकवानपुरद्धारा प्रजिअ र जिप्रका मकवानपुरका एसपीको स्वागत
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले सरुवा भई मकवानपुरमा आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत गरेको छ ।
हेटौडा ९ मा रहेको केन्द्रको कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरलाई स्वागत गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय अनुशन्धान कार्यालय मकवानपुरका उपनिर्देशक लिलाधर पौडेल, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, उपभोक्ता हित संरक्षण मंच मकवानपुरका संयोजक वासु खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
केन्द्रकी सचिव रमिला सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा सार्वजनिक स्थान, यातायातमा महिला यात्रुमाथी हुने यौनजन्य हिंसा न्युनिकरण विषयक अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राम बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक केन्द्रका उपाध्यक्ष विनोद लामिछाने, सदस्यहरुलगाएतको उपस्थिति रहेको थियो।







