बागमती प्रदेशमा एक लाख ४६ हजार ५८५ जना कोरोना संक्रमित, ९७० जनाको मृत्यु

छहारी संवाददाता
४ माघ २०७७, आईतवार ११:५०

बागमती प्रदेशमा हाल सम्म एक लाख ४६ हजार ५ सय ८५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमित मध्यमा ९ सय ७० जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा ९७ दशमलब ४ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । प्रदेशमा अहिले पनि २ हजार ८ सय १ जना उपचाररत रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित छन् । कुल संक्रमितको ५५ प्रतिशत बागमती प्रदेशमा देखा परेका हुन् । बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ सय ५८ जनामा परिक्षणको क्रममा संक्रमित देखिएको छ।

देखापरेका संक्रमित मध्यमा ३ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा अहिले स्थानीय समुदायमानै बसेकाहरुमा संक्रमण देखा परेको छ ।

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*