वस्तिपुर जेसिज हाडीखोला २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित

छहारी संवाददाता
माघ ४, २०७७

वस्तीपुर जेसिज हाडीँखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित हुनु भएको छ ।

वस्तिपुर जेसिज हाडीखोलाको शनिवार सम्पन्न निर्वाचनमा भेटवाल ६२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । अध्यक्ष पदका अर्का उमेद्वार प्रकाश थोकरले ३७ मत प्राप्त गर्नुभयो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा विजय पौडेललाई पराजित गर्दै आकाश पाठक र तेजप्रसाद उप्रेती रमेश विजयी हुनुभयो । पाठक ८३ र उप्रेती ६२ मत प्राप्त गर्दा पौडेलले ४३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षहरुमा रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकर निर्विरोध निर्वाचित भएका छन् । एकसय जना सदस्य रहेको जेसीजमा ९९ मत खसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*