भूतपूर्व सैनिक श्रीमती संघ मकवानपुरको दोस्रो साधारण सभा सम्पन्न

छहारी संवाददाता
माघ ३, २०७७

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ मकवानपुरको दोस्रो बार्षिक साधारण सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस्ता संस्थाहरु सामाजिक कार्यमा क्रियासिल हुन आग्रह गर्नुभयो । उहाँले संस्थाको भवन निर्माणमा स्थानीय सरकारले सहयोग गर्ने समेतबताउनुभयो ।

संस्थाका अध्यक्ष डोल्मा स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा रुद्रेश्वर मन्दिर पर्यटन विकास समितिका अध्यक्ष राजिब सुवेदी, भूतपूर्व सैनिक श्रीमतीसंघका उपाध्यक्ष उद्धब थापा, संघका सल्लाहकार सधिर थापा, भूपु मिलन बचत तथा ऋणसहकारी संस्थाका तारा प्रसाद अधिकारी लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संघकी सचिव लक्ष्मी चौलागाईले संचालन गर्नु भएको हो । रुद्रेश्वर मन्दिर आसपासका क्षेत्रमा संघको भवन निर्माण गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*