क्याम्पाडाँडामा भएको दुर्घटनाका घाईतेको पनि ज्यान गयो

छहारी संवाददाता
३ माघ २०७७, शनिबार १८:३७

गएको पुस २७ गते सोमबार साँझ हेटौंडामा भएको दुर्घटनामा घाईते भएका थप एक जनाको ज्यान गएको छ । उपचारको क्रममा भरतपुर स्थिति पुरानो मेडिकल कलेजमा शनिबार हेटौंडा ६ का १८ वर्षीय निरज राईको मृत्यु भएको हो ।

सोमबार साँझ कान्तिराजपथको हेटौंडा–चौघडा सडकखण्ड अन्तर्गत क्याम्पाडाँडामा हेटौंडाबाट चौघडा जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक न्युरेनि निवासी १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने राई गम्भीर घाइते भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*