हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता माघ ५ मा
हेटौंडा भेट्रान्स कप एट ए साइड फुलबल प्रतियोगिता निर्धारीत मिति भन्दा एक दिन अगाडी नै सुरु हुने भएको छ ।
हेटौंडाको हुप्राचौरमा आगामी माघ ६ गतेदेखी हुने भनिएको प्रतियोगिताको छैंटौ संस्करण एक दिन अगाबै सुरु हुने भएको हो । प्रतियोगितामा सहभागी हुने टिमको संख्या धेरै भएपछि प्रतियोगिता एकदिन अगाबै सुरु गर्न लागिएको कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसबर्ष प्रतियोगीतामा २० टिमले सहभागीता जनाउने छन् । छैटौ संस्करणको प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ रुपैया नगद सहित मेडल, प्रमाण पत्र र शिल्ड प्राप्त गर्ने क्लबका उपाध्यक्ष नवराज बज्रचार्यले जानकारी निुभयो ।
यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले १० हजार नगद पु्स्कार पाउँने छन् भने सर्वश्रेष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र टिम प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।





