शिवम् सिमेन्टको खानि क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीद्धारा अवलोकन
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले मनसुन कुर्नु नपर्ने कृषि प्रणाली र भनसुन बिनाको प्रशासन निर्माण गर्ने चुनावी घोषण अनुसार काम गरेको दाबी गर्नुभएको छ ।
सोमबार बागमती प्रदेश सरकारले करार नियुक्त गरेका नवनियुक्त २६ जना ईन्जिनियरहरुलाई दक्षिण एसिया कै मानवनिर्मित पहिलो सुरुङ मार्गको अवलोकन गराउँदै आफुले चुनावमा गरेका घोषणा अनुसार काम गरेको बताउनुभयो, हेटौंडा न्युजले लेखेको छ ।
उहाँले नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको भन्दै सडकमार्ग भन्दा सुरुङमार्गलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गर्नुभयो । नवनियुक्त ईन्जिनियरहरुलाई ईमान्दारी पुर्वक सुशासन र परिवर्तनको अनुभुत हुनेगरी काम गर्न मन्त्री फुयाँलले निर्देशन दिनुभयो ।
एकसय चार वर्ष अघि निर्माण भएको पुर्व पश्चिम राजमार्गमा पर्ने उक्त सुरुङ पुन निर्माणको लागी प्रदेशको यातायात पुर्वाधार निर्देशनालयले बहुबर्षिय योजना अन्र्तगत करिब ५ करोड लागतमा मन्त्रालयमा प्रस्ताव पठाईएको निर्देशनालयका निर्देशक डाक्टर सहदेब भण्डारीले बताउनुभयो ।