मंगलबार बागमतीसहित प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा फाट्टफुट्ट वर्षाको सम्भावना

छहारी संवाददाता
२८ पुष २०७७, मंगलवार ०८:४९

मंगलबार बागमती प्रदेशसहित प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा सामान्य बादल लाग्ने तथा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताए ।

यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद्ले बताए ।

बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*