आगलागीमा परेर प्यारालाइसिसका बिरामीको मृत्यु

छहारी संवाददाता
पुस २८, २०७७

झापामा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गए, उज्यालो अनलाइनले लेखेको छ ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ । आगो स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको थियो । आगो लाग्नुको कारण खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*