दुग्ध विकास संस्थान हेटौंडामा दुग्ध चिस्यान केन्द्र निर्माण हुने

छहारी संवाददाता
पुस २७, २०७७

नेपाल सरकारको स्वमित्व रहेको दुग्ध विकास संस्थान हेटौंडामा दुग्ध चिस्यान केन्द्र निर्माण हुने भएको छ ।

१ सय मेट्रिक टन क्षमताको निर्माण हुने सो चिस्यान केन्द्रको प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले शिलान्यास गर्नुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव डाक्टर मतिना बैद्य जोशीको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री लामाले प्रदेश सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा लागेको बताउनुभयो, हेटौडा न्युज डटकमले लेखेको छ ।

केही दिन अघि हेटौंडामा पाउडर दुग्ध प्लाण्ट उद्योगको निर्माण प्रकृया अघि बढि सकेको सम्बोधनको क्रममा बताउनुभयो ।

बागमती प्रदेश सरकारको प्रदेश दुग्ध विकास बोर्डको ५० प्रतिशत अनुदान रकम र ५० प्रतिशत संस्थानको रकम गरी ५७ लाख १२ हजार ४ सय १७ रुपैया ९२ पैसामा सो चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएको हो ।

आगामी चैत्र २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको जेपी स्टिल एण्ड इन्जिनियरिङले निर्माण ठेक्का लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*