हृदयेश त्रिपाठीले गरे विभाग र अस्पतालका ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर

छहारी संवाददाता
२७ पुष २०७७, सोमबार १२:१४

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।

मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा। कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ, अनलाइन खबरले लखेको छ ।

कान्ति बाल अस्पतालको जिम्मेवारीमा डा। आरपी बिच्छालाई दिइएको छ । यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा। मदन उपाध्यायलाई पठाइएको छ । डा। रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*