महिला शसक्तिकरण तथा गरिबि निवारण समुह मकवानपुरको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

छहारी संवाददाता
पुस २६, २०७७

महिला शसक्तिकरण तथा गरिबि निवारण समुह नेपालको १३ औँ वार्षिक साधारण सभा शुक्रबार भिमफेदी गाँउपालिका वडा नम्बर एक त्रिखण्डीमा भएको छ ।

समुहकी अध्यक्ष ईन्दिरा न्यौँपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।                                                                          समुहले आर्थिक वर्ष ०७६/०७७ मा मकवानपुर जिल्लाका ७ वटा स्थानिय तहमा विभिन्न कार्यक्रम संञ्चालन गरेको समुहकी अध्यक्ष ईन्दिरा न्यौपानेले बताउनुभयो ।                                          कार्यक्रममा बकैया गाँउपालिकाका अध्यक्ष दामोदर खनाल, भिमफेदी गाँउपालिकाकी उपाध्यक्ष पार्वती राना, हेटाैडा औधाेगिक व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कडेल, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख भिमसेन तिमल्सिना लगाएतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*