मकवानपुरगढीमा १५ शैयाको अस्पताल बन्ने
छहारी संवाददाता
पुस २६, २०७७
मकवानपुरगढी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण शिलान्यास गरीएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको काम शनिबारबाट सुरु गरिएको हो ।
अस्पतालको प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले शिलान्यास गर्नुभएको हो ।
कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।







