वाइडेनको जितको आधिकारिता रोक्ने अन्तिम प्रयासमा रिपब्लिकन सिनेटर

छहारी संवाददाता
पुस १९, २०७७

अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकार्नु भएको छैन ।

नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख नजिकिँदै गर्दा रिपब्लिकन सिनेटरहरु आधिकारिकता नदिने अन्तिम प्रयासमा लागेका बीबीसीले जनाएको छ ।

ट्रम्पको आरोपलाई पछ्याउँदै जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणीकरणमा नमान्ने बताएका खबरमा उल्लेख छ।

टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा आयोग गठन नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणीकरण नगर्ने बताएका छन् । उनीहरुले सदनबाट हुने प्रमाणीकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका खबरमा उल्लेख छ ।

सदनले जनवरी ६ मा बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ । टेड क्रुजसहितका ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले अवरोध गर्ने बताए पनि त्यसले सफलता पाउने सम्भावना भने छैन । हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको कानुनी प्रयासहरुलाई भने अदालतहरुले खारेज गरिदिएसकेका छन् ।

बाइडेन तीन सय छ इलेक्टोरल कलेज मत पाएर विजयी बन्नुभएको हो । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत मात्रै प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*