बकैयामा प्रथम मैन्त्रीपुर्ण खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

छहारी संवाददाता
पुस १, २०७७

मकवानपुरको बकैया गाउँपालिकामा प्रथम मैन्त्रीपुर्ण खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगितामा सिन्धुली जिल्लाको हरिहरपुर गढि गाउँपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिका गरि १६ टिमको सहभागिता रहेको थियो ।

१६ टिमलाई उछिन्दै बकैया गाउँपालिका (टिका राम राई र दिल कुमार राई) प्रथम भएको छ । भने हरिहरपुर गढि गाउँपालिका (कारसाङ लामा र सुक बहादुर बम्जन) द्धितिय र बागमती गाउँपालिका (बिरेन्द्र समाल र कलम पोख्रेल) तृतिय भएको छ । बकैँया—४ को महेन्द्र मावि छतिवानमा आयोजना गरिएको प्रतियोगिता बकैयाँ गाउँपालिका अध्यक्ष दामोदार खनालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रम्ुख अथिति खनालले प्रतियोगिताको समापन गर्दै यस्ताखाले खेलले भात्तृत्व बिकास गराउन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पालिका स्तरको सम्बन्ध बलियो बनाएको भन्दै भौतिक विकास मात्रै विकास नभई सामाजिक विकासलाई पालिकाले उतिकै प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा हरिहरिपुर गढि गाउँपालिकाका अध्यक्ष कारसाङ लामा, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे लगायतले मन्तव्य राख्नु भएको थियो । स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकोे कार्यक्रमका सभाध्यक्ष तथा ४ नम्बर वडाका वडा अध्यक्ष राजन दंगालले बताउनु भयो ।

उहाँले यस्ता खाले प्रतियोगितालाई निरन्तरता दिने समेत बताउनु भयो । प्रथम, द्धितिय र तृतिय टिमलाई मेडल, प्रमाणपत्र  र सहभागि खेलाडिहरुलाई प्रमाण प्रत्र वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*