सभापति देउवाले हेटौडामा सम्बोधन गरेको कार्यक्रममा आफुहरुलाई वेवास्ता गरिएको कांग्रेस भित्रकै अर्को पक्षको आरोप
कम्युनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाउँदै नेपाली कांग्रेसले सोमबार हेटौंडामा जनप्रर्दशन गरेको छ ।
बिरोध कार्यक्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनिया लगायतको आतिथ्यता रहेको थियो ।
बागमती प्रदेशको राजधानी हेटौडाका विभिन्न स्थानबाट र्याली सहित बुद्ध चोकमा कोण सभा गरिएको थियो । सोमबार भएको चौतर्फी प्रदर्शनीमा सबैजसो नेताहरुको उपस्थिती थियो ।

शक्ति प्रर्दशनमा जती उत्साशजनक सहभागीता रहेपनि कांग्रेसले गरेको सभामा भने सभापती शेरबहादुर देउवा पक्षको मात्रै उपस्थितीले कांग्रेस भित्रको गुट उपगुट छर्लङ भएको अर्को पक्षले गुनासो गरेको छ । सभापति देउवाले सम्बोधन गरेको कार्यक्रममा आफुहरुलाई वेवास्ता गरिएको कांग्रेस भित्रकै अर्को पक्षले आरोप समते लगाएको छ ।
सबैको सक्रियतामा प्रदर्शनमा उत्साहजनक जनसहभागीता भएको भन्दै अर्को पक्षले मञ्च भने देउवा पक्षले कब्जा गरेकोमा आपत्ति जनाएको छ । जनताले एकताबद्ध सङ्गठित कांग्रेसको अपेक्षा गरेको बताउँदै अर्को पक्षले कसैलाई काखा कसैलाई पाखा लगाउने परिपाटीले कांग्रेसलाई नै कमजोर बनाउने बताएको छ । समानुपातीक सहभागीताका कुरा कुरामै सिमीत हुने गरेको समेत उसको टिप्पणी छ ।

लामो समयदेखि अस्वस्थ रहनु भएका मकवानपुरका निवर्तमान सभापती रघुरमण न्यौपानेलाई कार्यक्रममा कसैले नसम्झिएको तथा दश वर्ष मकवानपुर जिल्लाको सभापती भएका पूर्व सभापती माइकल रामचन्द्र अर्याल लगायत पार्टीमा योगदान गरेका अन्य नेताहरुलाई समेत कार्यक्रममा वेवास्ता गरिएको भन्दै अर्को पक्षले कांग्रेस भित्र गुटउपगुट अन्त्य हुन नसकेको गुनासो गरेको छ ।
कांग्रेसले सोमबार सानोपोखरा, जिल्ला प्रहरी कार्यालय, चौकिटोल र बनविज्ञान क्याम्पस अगाडीबाट जुलुस निकालेको थियो ।








