कम्युनिष्ट सरकारबाट कात्रोमा पनि भ्रष्टाचारः कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

छहारी संवाददाता
मंसिर २९, २०७७

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताए । उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।

“प्रश्‍न पुलको मात्रै हैन । कांग्रेस सरकारको बेला पनि कम्यनिष्ट नेताहरुले पुलको उद्घाटन गरेका थिए, प्रवक्ता शर्माले भने- “नगरपालिकामा कांग्रेसले जितेको हो । विषय पुल र उद्घाटन हैन, कांग्रेसले बोलाएर रामचन्द्र पौडेल जानु भयो ।” प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कम नआँक्न चेतावनी दिए ।

“कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो, प्रवक्ता शर्माले भने-“माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी चौकीमा आक्रमण गरेको जस्तो हैन,कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो ।”

प्रवक्ता शर्माले कांग्रेस कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*