हेटौंडा अस्पतालबाटै पीसीआर परीक्षण गर्ने तयारी

छहारी संवाददाता
मंसिर २९, २०७७

हेटौंडा अस्पतालबाटै पीसीआर परीक्षण गरिने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अब हेटौंडा असपतालबाटै कोरोना भाइरस (कोभिड–१९) संक्रमण परिक्षण हुने भएको हो ।

हालको ओपीडी कक्षमा पीसीआर प्रयोगशाला स्थापना गर्ने तयारी गरिएको हेटौंडा अस्पतालले जनाएको छ । प्रदेश सरकारको सहयोगमा प्रयोगशालका लागि आवश्यक सामग्री प्राप्त भएसंगै अस्पताल प्रयोगशाला संचालनको तयारी जुटेको हो, हेटौंडान्युजले लेखेको छ ।                                                              अस्पताल विकास समितिका अनुसार अबको १५ दिनभित्रै प्रयोगशाला संचालनमा आउने छ ।

अस्पतालको प्रयोगशाला संचालनमा भए पश्चात हेटौंडामा दुई स्थानबाट कोरोना परीक्षण गरिने छ ।

प्रदेश सरकारले महामारीकैबीच हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरी कोरोना परीक्षण गर्दै आइरहेको थियो ।

किटजन्य प्रयोगशाला प्रदेशको सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा संचालन भइरहेको छ भने हेटौंडा अस्पतालमा स्थापना हुने प्रयोगशाला अस्पताल विकास समितिको व्यवस्थापनमा संचालन हुने जनाइएको छ ।

प्रयोगशालाका लागि आवश्यक जनशक्ति पनि अस्पतालले नै व्यवस्थापन गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*