कोरोना अपडेटः संक्रमित संख्या २ लाख ४४ हजार ४४३, निधन संख्या १६६१, निको हुनेको संख्या डिस्चार्ज २ लाख ३० हजार ५३७

छहारी संवाददाता
मंसिर २४, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ४३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ।

यस्तै हालसम्‍म कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ जना पुगेको छ। बुधबार मात्रै कोरोनाबाट मुक्त भएर १ हजार ४ सय ८३ जना डिस्चार्ज भएका छन् भने १ हजार ५६ जना कोरोना सक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४ जानको ज्‍यान गएको छ, देशसञ्चारले लेखेको छ।

यस्तै काठमाडौँ उपत्यकामा बुधबार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार भक्तपुरमा ३९ जना, ललितपुरमा ७५ जना र काठमाडौँमा ३९३ कोरोना भाइरस संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश(१ मा पछिल्लो २४ घण्टामा झापामा २६, मोरङगमा २३, इलाममा १५, सुनसरीमा १३, संखुवासभामा ४, उदयपुरमा ४, ताप्लेजुङमा १, भोजपरमा १ र सोलुखुम्बुमा ८ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश(२ को धनुषामा ६, पर्सामा ४ जना, बारामा ४ जना, महोत्तरीमा २ जना, रौतहटमा २ जना, सप्तरीमा ४ जना, सर्लाहीमा २ जना र सिरहामा २ जना गरी २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै बागमती प्रदेशको काठमाडौँमा ३ सय ९३ जना, काभ्रेमा ३ जना, चितवनमा ३६ जना, दोलखामा १ जना, धादिङमा ५ जना, नुवाकोटमा २८ जना, भक्तपुरमा ३९ जना, मकवानपुरमा ८ जना, रसुवामा ८ जना, रामेछापमा १ जना, ललितपुरमा ७५ जना र सिन्धुपाल्चोकमा २ जना गरी ६०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशको कास्कीमा ८४ जना, गोरखा ३ जना, तनहुमा ६ जना, नवलपरासी पुर्वमा ८ जना, पर्वतमा ३ जना, म्याग्दीमा १ जना, लमजुङमा १० जना, वाग्लुङमा ५ जना र स्‍याजामा ७ जना गरी १२७ जना नयाँ कोरोना संक्रमण पुष्टि भएका छन्।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा३ जना, दाङमा ७ जना, नवलपरासी पश्‍चिममा ७ जना, पाल्पामा ५ जना, प्‍युठानमा ४ जना, बर्दियामा १५ जना, बाँकेमा २० जना र रुपन्देहीमा ३९ जना गरी १०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा ३ जना, दैलेखमा १ जना र सुर्खेतमा ३ जना गरी ७ जना कोरोना संक्रमित थपिएका छन्।

यसका साथै सुदूर(पश्चिम प्रदेशको अछाममा ४४ जना, कञ्‍चनपुरमा १ जना, कैलालीमा ६ जना, डडेल्धुरामा २२ जना, दार्चुलामा ३ जना, बझाङमा १ जना, बाजुरामा ६ जना र बैतडीमा ५ जना गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ भने ५ सय २५ जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*