हेटौंडा १३ पदमपोखरीमा ५४ लाख लागतमा स्लाब ढलान र खहरे नियन्णको काम सुरु
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज स्लाब ढलानको शिलान्यास गरिएको छ ।
बागमती प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले स्लाब ढलाइको शिलान्यास गर्नु भयो । वडा नम्बर १३ को निकै विकट क्षेत्रमा पर्ने यस सडक निर्माण गर्नका लागि बागमती सरकारको ५४ लाख ७८ हजार रुपैयाँ लागतमा काम सुरु भएको हो ।
महेन्द्र मावि रोडको स्लाब सडक निर्माणको कामसंगै टुटेपानी–सिमपानी खहरे तटबन्ध निर्माणको शिलान्यास गर्नुभयो । योजना निर्माण गर्दा गुणस्तरिय काम गर्नका लागि सिग्देलले निर्देशन दिनुभयो ।
वषौदेखि सडक पीच नभएकै कारण समस्या भोग्दे आएको र विकट क्षेत्रमा खहरेमा तटवन्धनका लागि दिएको आस्वासन अनुसार काम गरिएको उहाँले वताउनुभयो । वडाको यस क्षेत्र र हेटौंडाको केन्द्र जोड्नका लागि सहयोग पुग्ने प्रदेशसभा सदस्य सिग्देलले बताउनुभयो ।







