बागमती प्रदेशमा ९३ प्रतिशले कोरोना जिते, ९ हजार २० जना सक्रिय संक्रमित
बागमती प्रदेशमा कोरोना संक्रमण देखिएका धेरै जनाले कोरोना भाइरसलाई जितेका छन् । कोरोना संक्रमण भएका ९३ प्रतिशतले कोरोनालाई जितेका हुन् । अहिले कोरोना संक्रमित ९ हजार २० जना भने उपचाररत रहेका छन् ।
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३१ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका ९३ प्रतिशत संक्रमितले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो, जनपत्रले लेखेको छ।
नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ७ सय ९३ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो । बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा ६ सय ९३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ।
बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । देखापरेका संक्रमित मध्यमा ७ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ ।
कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ९३ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।
नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।







