महिला सशक्तिकरणद्वारा हाते ट्याक्टर लगायका कृषि सामान बितरण

छहारी संवाददाता
मंसिर १८, २०७७

महिला सशक्तिकरण तथा गरीबी निवारण समुह नेपालले बकैया गाँउपालिकालाई १० ओटा हाते ट्याक्टर,६ वटा विषादी छिट्ने भाडा, एउटा धान काट्ने मेसिन र च्याउ बनाउने मेसिन हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम र बकैया गाँउपालिकाको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा गरीबी निवारण समुह नेपालले बकैया गाँउपालिकालाई कृषि उपकरण हस्तान्तरण गरेको हो ।

मेसिन हस्तान्तरण गर्दे समुहकी अध्यक्ष ईन्दिरा न्यौपानेले कृषिमा आधुनिकिकरण गर्दे उत्पादन बृद्धि गर्न उपकरण प्रदान गरीएको बताउनुभयो ।

यस्तै संयुतm राष्ट्रसंघीय बिकास कार्यक्रमका फिल्ड अधिकृत धन बहादुर चन्दले सरकारले अघि सारेको नितिअनुसार कृषिमा आधुनिकिरणका माध्यमबाट मानिसलाई स्वरोजगार बनाउदै आर्थिक बिकासमा सहयोग गर्न उपकरण वितरण गरीएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरीबी निवारण समुहले सरकारले गर्न खोजेको काममा सहयोग गरी ठुलो योगदान पुर्याएको बताउनुभयो ।

उपकरण बितरण कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सरला बोलाखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी लगाएतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*