मकवानपुरको विकट राक्सीराङमा वडैपिच्छे हेलिप्याड

छहारी संवाददाता
१८ मंसिर २०७७, बिहीबार ०९:४०

मकवानपुरको राक्सिराङ गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गरेको छ । विपद्‍मा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्ने उद्देश्यले पालिकाका नौवटै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘विपद्‍मा परेका, सुत्केरी व्यथा लागेका र आकस्मिक बिरामीलाई छिटो उद्धार गर्न हेलिप्याडको व्यवस्था गरेको हो,’ उनले भने ।

गाउँपालिकाका अनुसार वडा–१ को डुङ्ख, २ को गोठरी, ३ को पलासे र ४ को भीमलटारमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी वडा–५ को बोटबारी, ६ को खरखन्डे, ७ को गर्लिङ, ८ को देवीटार र ९ को डन्टटारमा हेलिप्याड निर्माण गरिएको छ । जनश्रमदानबाहेक हेलिप्याड निर्माण गर्न गाउँपालिकाको ५ लाख रुपैयाँ खर्च भएको छ ।

जिल्लाकै अत्यन्त विकट गाउँपालिकाका वडाहरू सडक सञ्जालसँग जोडिएका छैनन् । बिरामी र विपद्‍मा परेकालाई उद्धार गर्न घण्टौं डोकोमा बोकेर ल्याउनुपर्ने बाध्यता छ । पालिकाको दुर्गम क्षेत्रबाट राजमार्गसम्म बोकेर ल्याउन ८र९ घण्टासम्म लाग्ने अध्यक्ष मल्लले बताए ।

चट्याङ प्रभावित क्षेत्र उक्त गाउँपालिकामा गत साउनयतामात्रै चट्याङबाट तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । चट्याङ लागेर बेहोस भएकालाई तत्कालै उद्धार गर्न नसकेकाले दुई जनाको मृत्यु भएको थियो । बाढीपहिरोको पनि उच्च जोखिममा रहेको उक्त गाउँपालिकामा चेपाङ समुदायको बाहुल्य छ । इकान्तिपुरबाट यो समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*