राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्सिर १९ गते हेटौंडामा प्रदर्शन गर्ने

छहारी संवाददाता
१७ मंसिर २०७७, बुधबार १०:३८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौंडामा राजासहितको प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा राप्रपाले मंसिर १९ गते राजासहितको प्रजातन्त्रको लागि प्रदर्शन गर्ने भएको हो । सोमबार राप्रपाको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले सामाजिक संजाल फेसबुकमार्फत आउँदो मङ्सिर १९ गते सो कार्यक्रम गर्न लागेको जानकारी दिएका छन् , हेटौंडा न्युज डटकमले लेखेको छ ।

उनका अनुसार आउँदौ मंसिर १९ गते हेटौंडामा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल ¥यालीसहित प्रदर्शन गरिने छ । उनले भनेका छन्,“मंसिर १९ गते हेटौंडामा भेटौ। भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र विकृतीका विरुद्ध आवाज बुलन्द पारौं ।

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न जनदवाब सृजना गर्दै हस्तक्षेपकारी भुमिका निर्बाह गरौ। ” मोटरसाईकल ¥याली कार्यक्रम राप्रपा मकवानपुरको आयोजनामा हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*