हेटौंडा र भक्तपुरको बालसुधार गृहका बालबालिकालाई जीवन उपयोगि तालिम
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडा उपमहानगरपालिका र भक्तपुरको बालसुधार गृहका बालबालिकाहरुलाई जिवन उपयोगि तालिम दिइएको छ । बिभीन्न अपराधमा संलग्न बालबालिकाहरुलाई बाल सुधार गृहमा राखिदै आएको छ । उनीहरुका लागि जिवन उपयोगित तालिम दिएइको हो । दुबै स्थानमा तीन तीन दिनको तालिम दिइएको थियो ।
भत्तपुरको कार्यक्रममा प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा बालसुधार गृह भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिहरु प्रदेश सभा सदस्य शशिजंग थापा, र प्रदेश सभा सदस्य सरस्वती वाटी, युसेप नेपालका कोषाध्यक्ष कृष्णेश्वरी हाडा, बालसुधार गृहका उपनिर्देशक केशव सुवाल, कार्यकारी निर्देशका बिपिन आचार्य, सहजकर्ताहरु सरोज न्यौपाने एल्स झा सन्तुलन देशेमरु सन्दिप खतिवडा हुनुहुन्य्यो ।
उक्त कार्यक्रम ६५ –६५ जना सहभागी गराई २ समुहमा सञ्चालन भएको थियो भने कार्यक्रमको समापन प्रदेश सचिव दिपक काफ्लेज्यूको अविभावकत्वमा सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । बालसुधार गृह हेटौंडमा पनि तीन दिने कार्यक्रम सम्पन्न भएको छ । सहभागी ३३ जना रहेकोमा प्रशिक्षकहरु सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझा, एल्सा झा, सन्तुलन देशेमरु र महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले सहजीकरण गर्नु भएको थियो ।
बाल सुधार गृह हेटौंडामा सम्पन्न कार्यक्रमको समापन कार्यक्रममा निमित्त सचिव खुविराम अधिकारीले बालसुधार गृहमा रहेका वालवालिकाहरुलाई सञ्चालन गरिएको पहिलो कार्यक्रम भएको बालबालिका र बालसुधार गृहको प्रस्ताव जायज रहेको र अहिले तत्काल यो गर्छु त्यो गर्छु भन्नु भन्दा पनि सम्वन्धित निकायमा छलफल गरि समाधान गर्न सकिने विश्वास व्यक्त गर्नु भयो भने पुरुषोत्तम सापकोटाले बाल अधिकारकोअर्डिनेटर सन्तुलन देशेमरु बालसुधार गृहका श्रवणकुमार पुडासैनीले मनतव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चान महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले गर्नु भएको थियो ।







