इङ्ग्लिस प्रिमियर लिगमा फुलह्यामसंग लेस्टर सिटी पराजीत

छहारी संवाददाता
मंसिर १६, २०७७

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा राति भएको खेलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ ।

लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २-१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १/१ गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*