मकवानपुरगढी गाउँपालिकाले किसानको प्राथमिकतालाई ध्यान दिँदै
मकवानपुरगढी गाउँपालिकाले किसानको प्राथमिकतालाई ध्यानमा राखी काम गरिरहेको छ ।
यस गाउँपालिका क्षेत्रका ८ वटै वडावासी अधिकांश किसान भएकाले उनीहरुले गर्ने अन्नखेती, तरकारी खेती, गाइ भैंसी, बाख्रा, कुखुरा पालन लगायतका क्षेत्रमा प्राथमिकताका साथ प्राथमिकतालाई ध्यान दिएर काम भइरहेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो ।
जनपत्र अनलाइनसंग कुरा गर्दै अध्यक्ष हुमागाईले ठुला किसान भन्दा साना किसानलाई केन्द्रित गरी काम भइरहेको बताउनुभयो । यस्तै कृषि क्षेत्रमा आधुनिक तरिकाले काम गर्न थालिएको उहाँको भनाई छ ।
वर्षौंदेखि गढी गाउँपालिकाका किसानले मजदुर लगाएर धान काट्दै आएको भएपनि अहिले धान काट्न मेसिनको प्रयोग हुन थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रिकीकरणप्रवद्र्धन कार्यक्रम अन्तरगत दुई सहकारी संस्थालाई धान काट्ने रिपर मेसिन अनुदानमा खरिद गरी हस्तान्तरण समेत गरेको छ ।







