मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कीटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १३ जना रहेका छन् भने थाहा नगरपालिकाका ७ जना, मनहरीका २ जना र बाहिरी जिल्ला सुनसरी र चितवनका एक÷एक जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा १६ जना पुरुष र ९ जना महिला रहेका छन् ।







