राक्सिराङमा १४९ जना कांग्रेसमा प्रवेश
राक्सिराङ गाउँपालिकामा आइतबार १४९ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सञ्चराज चेपाङसहित १४९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँसहितका नेताले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
गाउँपालिका सभापति बिरेन्द्र जिम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद सन्तबहादुर चेपाङ, पार्टी जिल्ला सचिव बुद्ध लामा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, क्षेत्रीय संयोजक लोक मोक्तान, नगर सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष रामकृष्ण प्रजा लगायतका जिल्ला, क्षेत्र, वडा तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







