कानूनको वर्खिलाप हुनेगरी काम गर्न कसैलाई पनि छुट छैनः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
२५ आश्विन २०७७, आईतवार १४:५३

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा संघीयता कार्यान्वयन गर्नका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनु भएको छ । संघीयता भनेकै तीनै तहका सरकारले मिलेर काम गर्नु रहेको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरले आज हेटौंडामा गरेको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले कानूनको वर्खिलाप हुनेगरी कसैले पनि काम गर्न नहुने बताउनुभयो ।

कोरोना भाइरसको महामारीको समयमा संघीय र प्रदेश सरकारले निर्देशन दियो पैसा दिएर भने स्थानीय तहका जनप्रतिनिधिहरुको भनाईमा आपत्ति जनाउँदै उहाँले अहिले पाइरहेको वजेट कसको हो भनेर प्रतिप्रस्न गर्नुभयो ।

अहिलेको समय भनेको गाँजाको बहस गर्ने वेला नभएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘गाँजा लगाउन बैधता दिनका लागि काम गरौ । तर, गाँजा लगाउन प्रोत्साहीत नगरौ । देशभरका धेरै स्थानीय तह मध्यमा दुइवटा स्थानीय तहले गाँजा लगाउनका लागि प्रोत्साहीत गरेका छन् ।

गाँजाले बैधानिकता नपाएकाले धेरै जना जेल पनुपर्ने बाध्यता रहेको छ ।’ कोरोना महामारीका विच पनि जिल्ला समन्वय समिति मकवानपुरले महत्वपुर्ण काम गरेको वताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ, प्रदेशसभाका सदस्यहरु सन्तराम प्रजा, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले कोरोना महामारी नियन्त्रणमा महत्वपुर्ण काम गरेको भन्दै सम्मान गरिएको छ । यसैगरी मकवानपुर उद्योग बाणिज्संघ, उद्योगसंघ हेटौंडा, प्लान नेपाल, श्रीकृष्ण सेवा समिति, सहयोगि मन नेपाल, उद्योगपरिसंघ, ड्राइगन खेतीगर्ने किसान लगायतका संघसंस्थालाई प्रसंसापत्र प्रदान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*