कोरोना अपडेटः मकवानपुरमा थप २४ जनामा संक्रमण पुष्टि

मकवानपुरमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा, मकवानपुरगढी र जिल्ला बाहिर घर भएका हेटौंडामा कार्यरत गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।
संक्रमित हुनेहरुमा ६ जना महिला र १८ जना पुरुष रहेका छन् ।