मानव बेचविखन विरुद्धको अभियानमा संञ्चारकर्मीहरुको समन्वय अत्यावश्यक

छहारी संवाददाता
२३ आश्विन २०७७, शुक्रबार १७:४२

बागमती प्रदेशको राजधानी हेटौंडामा मानव बेचबिखन विरुद्ध सुरक्षित बसाइँसराइ सम्बन्धि छलफल तथा अन्तरक्रिया सप्पन्न भएको छ ।

नारीसिप सृजना केन्द्र हेटौंडाको आयोजनामा भएको कार्यक्रममा अधिवक्ता मदन प्रसाद भट्टराईले सहजिकरण गर्नुभएको थियो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बनेको पाँचौ योजना २०७५/०७६ माथि छलफल तथा प्रशिक्षण कार्यक्रममा मानव बेचविखन विरुद्ध अभियानमा संञ्चारकर्मीहरुको समन्वय आवश्यक भएको अधिवक्ता मदन प्रसाद भट्टराईले बताउनुभयो ।

मानव बेचबिखन रोकथामका लागि जोखिम समुदायलाई जिविकोपार्जन र स्वआर्जनका कार्यक्रम ल्याउने, मानव बेचबिखन तथा ओसारपसारको जोखिम कम गर्न सरोकारवालाको सक्रियता बढाउने काममा आमसञ्चारको तर्फबाट दबाबकारी भूमिकाको आवश्यकता रहेको अधिवक्ता भट्टराईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*