बागमती प्रदेश सरकारले सुरुङमार्ग निर्माणको संकल्प पुरा गर्ने मन्त्री फुयालको दाबी

छहारी संवाददाता
२३ आश्विन २०७७, शुक्रबार १७:२३

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सुरुङमार्ग बिस्तार गरी सडक पुर्वाधारका क्षेत्रमा बिकास गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले गौरबको आयोजनामा समावेश गरेको पोष्ट बहादुर बोगटी सुरुङमार्ग आयोजना कार्यालयको उद्घाटन गर्नुहुदै मन्त्री फुयालले प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने सङकल्प पुरा गर्ने दाबी गर्नुभयो ।उहाँले प्रदेश सरकारको योजनालाई केन्दि«य सरकारले समेत साथ दिएको कारण सुरुङमार्ग निर्माणको काम छिट्टै सुरु गर्ने बताउनुभयो ।
केन्द« सरकारको आर्थिक वर्ष २०७७/०७८को बजेटमा पोष्ट बहादुर बोगटी सुरुङमार्ग आयोजनालाई प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेटको ब्यबस्था गरीएको छ ।आयोजनाका लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपौया लागतको बहुबर्षिय खरिद गुरुयोजना समेत स्विकृत भैसकेको छ ।आयोजनाको अन्तराष्ट्रियस्तरको सुपरिवेक्षण परामर्शदाता छनोटको लागी आशयपत्र प्राप्त भैसकेको छ । विभिन्न देशका १२ वटा कम्पनिबाट प्राप्त भएका आशयपत्र माथी मुल्याङकन कार्य भैरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*