मकवानपुरमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

छहारी संवाददाता
२३ आश्विन २०७७, शुक्रबार ०८:३८

मकवानपुरमा आज बिहानै थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै ६२ जना, भीमफेदी गाउँपालिकाका २ जना र हेटौंडामा बस्दै आएका जिल्ला बाहिरका २ जना छन् । हेटौंडामा मात्र २३ जना महिला र ३९ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

असोज २२ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा शुक्रबार बिहान सार्वजनिक गरेको जनाईएको छ हो। जिल्लाभरीमा २४ जना महिला र ४२ जना पुरुषमा संक्रमण भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*