कोलकत्तालाई हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।
राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बताएको थियो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा फकिएको हो ।





