नेकपाको सचिवालय बैठक आइतबारलाई सारियो

छहारी संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०८:५०

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

शुक्रबार आजका लागि बोलाइएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको छ। पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी छ।

यसअघि सचिवालय र स्थायी कमिटिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*