नेकपा उपाध्यक्ष बामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

छहारी संवाददाता
१ आश्विन २०७७, बिहीबार १६:४३

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाको सदस्यको सपथ लिएका छन्।

बिहीबार अपरान्ह सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ खुवाएका हुन्। प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएका गौतम पार्टीभित्रको लामो राजनीतिक रस्साकस्सीपछि राष्ट्रिय सभामा पुगेका हुन्, देशसञ्चारमा खबर छ।

सत्तारुढ नेकपाका उपाध्यक्ष गौतमलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌ले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो।राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई मनोनीत गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्। तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रिय सभा छिर्ने गौतमको बाटो तय भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*