चैत ११ गतेदेखि बन्द रहेका सार्वजनिक यातायात आजबाट सन्चालनमा आउँदै

विश्वकर्मा पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीको भनाई
छहारी संवाददाता
अशोज १, २०७७

गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आउने भएका छन् । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् ।

कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ,अनलाईन खबरले लेखेको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । यातायात व्यवसायी र चालक महासंघले आजबाट गाडी चलाउन र सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।

कतिपय यातायात व्यवसायीले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*