नेपालमा बुधबार बिहानै भुकम्पको धक्का महसुस

छहारी संवाददाता
३१ भाद्र २०७७, बुधबार ०५:३९

नेपालमा बुधबार बिहानै भुकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको हो । बिहान पाँच बजेर १९ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको  छ ।

काठमाडौँ, मकवानपुर, बारा, सर्लाही लगायत देशका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस भएको हो । अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। यसबारे विस्तृत विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*