महिला सशक्तिकरण समुहद्धारा बकैयाका कृषकलाई फलफुलका बिरुवा तथा हाते ट्याक्टर वितरण
महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालले मंगलबार बकैया गाउँपालिका स्थित च्यउ च्यउमा ७ हजार फलफुलका बिरुवा तथा हाते ट्याक्टर वितरण गरेको छ ।
समुहकी अध्यक्ष ईन्दिरा न्यौपानेले बकैया ९ का तिनवटा कृषक समुहका लागि आँप, कटहर, लिचि, स्वेजन लगायतका विरुवाहरु वितरण गर्नुभएको हो । COVID-19 Response and Socio-economic Recovery project अन्तर्गतको कार्यक्रममा कृषक समुहलाइ सीप मुलक तालिम समेत प्रदान गरिएको थियो ।
बकैया गाउँपालिकाका प्रशासकीय प्रमुख लक्ष्मण पुडासैनीको प्रमुख आतिथ्यता तथा समूहकी अध्यक्ष न्यौपानको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिका आर्थिक विकास शाखाका शिवराज पौडेल, ९ नं वडा अध्यक्ष टंक ध्वज लोप्चन, बकैया कार्यपालिका सदस्य लक्ष्मि माझी लगायत स्थानिय कृषकहरुको सहभागिता थियो । उक्त कार्यक्रम युएनडिपि तथा वकैया गाउँपालिकाको सहयोगमा सञ्चालन भएको हो ।








