हेटौंडामा एक वर्षमा ३१ हजार मिटर सडक स्लाब ढलान, एक हजार मिटर कालोपत्रे

छहारी संवाददाता
३० भाद्र २०७७, मंगलवार ०९:३२

गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा ३१ हजार ५ सय ७५ मिटर सडक स्लाब ढलान भएको छ ।

उपमहानगरपालिका क्षेत्रमा कच्ची रहेका सडकलाई पक्की बनाउने अभियान अन्तरगत ३१ हजार मिटर भन्दा धेरै सडकमा स्लाब ढलान गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । कच्ची सडकलाई पक्की बनाउने अभियान अनुसार एक हजार १ सय एक मिटर सडकलाई कालोपत्रे गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण गर्न सबै भन्दा धेरै खर्च गरेको मेयर महतले बताउनुभयो, जनपत्रले लेखेको छ । स्थानीय उपभोक्ता सहितको जनसहभागितामा बितेको एक आर्थिक वर्षमा स्लाब ढलानमा मात्र कुल ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च लागेको छ । त्यसमा जनसहभागितामा पनि काम गरिएको छ ।

त्यसैगरी सडक कालोपत्रे गर्नका लागि स्थानीय उपभोक्ताको जनसहभागिता समेत गरेर ८ करोड ५६ लाख २ हजार रुपैयाँ लागेको मेयर महतले बताउनुभयो । हेटौंडाका धेरै सडकमा पानी जम्ने र कालोपत्रे सडक छिटो उप्कने भएकाले सडकमा स्लाब ढलानको कामलाई पढी प्राथमिकता दिइएको उहाँले बताउनुभयो । साविकका हेटौंडाका ११ वटा वडा संगै पछी थपीएका समेत गरेर १९ वटै वडामा सडक पक्की बनाउने कामले प्राथमिकता पाएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*